भाटभटेनीले बैंक अफ काठमाण्डूमा रहेको संस्थापक सेयर बिक्री गर्ने, कति तोक्यो मूल्य ?



काठमाडौ । बैंक अफ काठमाण्डूले संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेण्टल स्टोरको नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता २०० रुपैयाँका दरले उक्त सेयर बिक्री गर्न लागेको जनाएको छ । उक्त सेयर बैंकको बहालवाला संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिने बैंकले जनाएको छ । उक्त संस्थापक सेयर खरिद गर्न चाहने संस्थापकलाई ३५ दिन भित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

भाटभटेनीमा मीनबहादुर गुरुङ र उनकी पत्‍नी सावित्री घले गुरुङको कम्पनी हो । बैंकमा भाटभटेनीको १७ लाख १२ हजार १४८ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकको ठूला सेयरधनीमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेण्टल स्टोर रहेको छ । यस्तै भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङको ६ लाख २८ हजार ८९० कित्ता अर्थात ०.५९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु