आज बैंकर्स संघसँग छलफल गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकर्स संघसँग चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनका विषयमा छलफल गर्ने भएको छ ।

गत कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनको क्रममा आएका समस्या र द्विविधाका विषयमा मंसिर १० गतेभित्र सुझाव दिन गत कात्तिक ३० गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको थियो ।

वाणिज्य बैंकहरुले चालू पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयन हुँदा वित्तीय प्रणाली बलियो हुने भए पनि तत्काल मार्गदर्शनमा भएका सबै व्यवस्था कार्यान्वयन गर्न कठिन हुने सुझाव दिएको थियो ।

आज विभिन्न बैंकहरुले दिएको सुझावका विषयमा बैंकर्स संघसँग छलफल हुने राष्ट्र बैंकका एक अधिकारीले बताए । बैंकर्ससंघ सँगको छलफलपछि पुस मसान्तभन्दा अगाडि नै मार्गदर्शन संसोधन गर्ने राष्ट्र बैंकको तयारी छ ।

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन दुई वर्ष स्थगित नै हुनु पर्ने माग राख्दै आएका व्यावसायिक संगठनसँग सोमबार छलफल गरेको छ ।


क्लिकमान्डु