गैरकानूनी तरिकाबाट बढाएको दूधको मूल्य तत्कालका लागि स्थगन



काठमाडौं । उद्योगी तथा व्यवसायीले गैरकानूनी तबरले बढाएको दूधको मूल्य तत्कालका लागि स्थगन गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले सूचना जारी गर्दै दूधको मूल्यवृद्धि तत्कालका स्थगन भएको जनाएको हो ।

‘आवश्यक पदार्थ नियन्त्रण ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लखे गरेकोमा केही दुग्ध उद्योगहरुले १६ गतेदेपख लागु हुने गरी दूधको खरिद तथा बिक्री मूल्य वृद्धि गरेको थियो । कृषि, पशुपन्छी तथा विकास मन्त्रालय, बोर्डलगायत अन्उ सरोकारवाला निकायहरुबीच १७ गते बसेको बैठकले हाल वृद्धि गरिएको दूधको मूल्य स्थगत गरेको छ,’ जारी सूचनामा उल्लेख छ ।

साथै, दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक ढङ्गबाट अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएकोले सोही बमोजिम गर्न/गराउन अनुरोध गरेको छ ।

त्यस्तै, गत १६ गते राष्ट्रिय उपभोक्ता मञ्चले गैरकानूनी तरिकाबाट दूधको मूल्य बढाएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयलाई पत्र बुझाउँदै गैरकानूनी तरिकाबाट दूधको मूल्य बढाएकोमा डेरी एशोसियशनलगायत डेरी उद्योगमाथि कारबाही गर्न माग गरेको थियो ।

गत वर्षको माघ महिनामा नीजि क्षेत्र र सरकारको छलफलपछि दूधको मूल्य प्रतिलिटर ६० रुपैयाँबाट बढाएर ८६ रुपैयाँ कायम गरेको थियो । राष्ट्रिय दूग्ध ऐन र नीति नियमअनुसार एकपटक मूल्य बढाएको मितिले कम्तिमा दुई वर्ष मूल्यवृद्धि गर्न नपाउने व्यवस्था छ । तर, निजी क्षेत्रका उद्योगीहरुले एक वर्ष नपुग्दै प्रतिलिटर नै १४ रुपैयाँ बढाएको र नियम विपरित भएको भन्दै कारबाही गर्न माग गरेको मञ्चको भनाइ छ ।

मञ्चका अनुसार नेपाल डेरी उद्योग संघले केही सिमित दुग्ध उद्योगहरुको स्वार्थका लागि प्रतिलिटर एक सय रुपैयाँ उपभोक्ता मूल्य कामय गर्ने कार्य गरैकानूनी भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन लगाउन र कारबाही गर्न अनुरोध गरेको थियो ।


क्लिकमान्डु