दूधको मूल्य प्रतिलिटर एक सय पुग्यो, डेरी उद्योगमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले गैरकानूनी तरिकाबाट दूधको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएको छ ।

मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयलाई पत्र बुझाउँदै गैरकानूनी तरिकाबाट दूधको मूल्य बढाएकोमा डेरी एशोसियशनलगायत डेरी उद्योगमाथि कारबाही गर्न माग गरेको हो ।

‘दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेका दूधजन्य पदार्थको मूल्यका अचाक्ली भाउ बढाउने काम नेपाल डेरी उद्योग र यससँग आबद्ध गेरी उद्योगहरुले प्रतिलिटर १४ रुपैयाँ बढाउने काम गरेको छ,’ पत्रमा उल्लेख छ, ‘ पुस १६ गतेदेखि लागू हुने गरी गरिएको यस मूल्यवृद्धिले आम उपभोक्तालाई अत्यन्त ठूलो आर्थिक भार पर्नेछ ।’

गत वर्षको माघ महिनामा नीजि क्षेत्र र सरकारको छलफलपछि दूधको मूल्य प्रतिलिटर ६० रुपैयाँबाट बढाएर ८६ रुपैयाँ कायम गरेको थियो । राष्ट्रिय दूग्ध ऐन र नीति नियमअनुसार एकपटक मूल्य बढाएको मितिले कम्तिमा दुई वर्ष मूल्यवृद्धि गर्न नपाउने व्यवस्था छ । तर, निजी क्षेत्रका उद्योगीहरुले एक वर्ष नपुग्दै प्रतिलिटर नै १४ रुपैयाँ बढाएको र नियम विपरित भएको भन्दै कारबाही गर्न माग गरेहको हो ।

मञ्चकाअनुसार नेपाल डेरी उद्योग संघले केही सीमित दुग्ध उद्योगहरुको स्वार्थका लागि प्रतिलिटर एक सय रुपैयाँ उपभोक्ता मूल्य कामय गर्ने कार्य गरैकानूनी भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन लगाउन र कारबाही गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु