प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’ योजना सञ्चालन



काठमाडौं । प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔंं’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेकोछ ।

ग्राहकहरुलाई वार्षिक डिम्याट नविकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १०० नवीकरण शुल्क बुझाउनु पर्नेछ । अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने कम्पनीले जनाएको छ ।

१ जनवरी, २०२३ बाट शुरु भएकोे यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमाको सुविधा पनि पाउने छन् ।

यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुरयाउने छ ।

यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाइसी वा इन एप भेरिफिकेशन छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।


क्लिकमान्डु