हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न एलआईसी नेपालले बोलायो विशेष साधारणसभा



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले माघ ३ गते, मंगलबार, लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौँमा विशेष साधारणसभा बोलाएको छ ।

इन्स्योरेन्सको पुस ८ गते सम्पन्न संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । उक्त सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित अनुमोदन गर्नेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ८.४५१६ प्रतिशतका दरले हकपद्र सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

इन्स्योरेन्सले हाल कायम १ कित्ता बराबर ०.८८४५१६८ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्नेछ । यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव समेत अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस २५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले उक्त सभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु