कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आज (पुस १७ गते) देखि एकीकृत कारोबार सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कुमारी र एनसीसी बैंक एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व भागिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आजदेखि कुमारी बैंकको नामबाट सुरु भएको छ ।

बैंकको मुख्य कार्यालय हाल कुमारी बैंकको कार्यालय रहेको स्थान टंगालमा नै रहने छ । बैंकको सञ्चालकमा कुमारीको ३ र एनसीसीमा ३ जना रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल रहनेछन् ।

मर्जरपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि एकीकृत कारोबारको अन्तिम तयारीमा रहेका दुवै बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । बैंकले पुस १७ गतेदेखि १५ दिनका लागि सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु