सेञ्चुरी बैंकको साधारणसभा सम्पन्न, बोनश सेयर र नगद लाभांश पारित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९ अर्ब ५५ करोड ३९ लाख ०९ हजार १९८ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ९७.२९ अर्ब रुपैयाँ र कर्जा रकम ८७.४५ अर्ब रुपैयाँ परिचालन गरी ३१.८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


क्लिकमान्डु