यी हुन् प्रभु बैंकका २२ ठूला लगानीकर्ता, बीमा कम्पनीदेखि शिवम् सिमेन्टसम्म



काठमाडौं । प्रभु बैंकको ठूला सेयरधनीमा ७ वटा कम्पनी तथा सस्था १५ व्यक्तिसहित २२ रहेका छन् । यी कम्पनी तथा व्यक्तिसँग बैंकको ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको छ ।

बैंकको सेयरमध्ये ७ कम्पनी तथा संस्था र १५ जनासँग २९.४८ प्रतिशत अर्थात ३ करोड ७४ लाख ६० हजार २०४ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा प्रभु ग्रुप, कर्मचारी संचय कोष, नेपाल इन्भेष्टमेन्ट प्रालि, गणपति बनस्पति प्रालि, शिवम् सिमेन्ट, सन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थागत सेयर स्वामित्व रहेको छ ।

बैंकमा सबैभन्दा बढी गौरव अग्रवालको ४.७१ प्रतिशत अर्थात ५९ लाख ८९ हजार ८७२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै दोस्रोमा प्रभु ग्रुपको ४.३६ प्रतिशत अर्थात ५५ लाख ४६ हजार ९५२ कित्ता सेयर स्वामित्व रहेको छ भने तेस्रोेमा रहेको कर्मचारी संचय कोषको ३.९७ प्रतिशत अर्थात ५० लाख ४३ हजार ९७५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट प्रालिको १.९७ प्रतिशत अर्थात २५ लाख ४ हजार ३३८ कित्ता, गणपति बनस्पति प्रालिको १.२३ प्रतिशत अर्थात १५ लाख ५७ हजार ९७५ कित्ता, सुदिप आचार्यको १.०५ प्रतिशत अर्थात १३ लाख ३२ हजार ४१८ कित्ता र अम्बिका शर्मा लामिछानेको १.०४ प्रतिशत अर्थात १३ लाख २३ हजार २७३ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार शिव कुमार श्रेष्ठको नाममा १.०२ प्रतिशत अर्थात १३ लाख ८३४ कित्ता, मिजस भट्टचनको १ प्रतिशत अर्थात १२ लाख ७२ हजार ६७८ कित्ता, राजेन्द्र भट्टचनको १ प्रतिशत अर्थात १२ लाख ६९ हजार १ कित्ता, स्वरुप गुरुङको ०.९९ प्रतिशत अर्थात १२ लाख ५४ हजार ९२२ कित्ता, शिवम् सिमेन्टको ०.८८ प्रतिशत अर्थात ११ लाख २० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

यता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.८७ प्रतिशत अर्थात ११ लाख ८ हजार ८०० कित्ता, पवन कुमार अग्रवालको ०.७२ प्रतिशत अर्थात ९ लाख १७ हजार १८१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ०.६७ प्रतिशत अर्थात ८ लाख ४९ हजार ६७ कित्ता, देवराज राजभण्डारीको ०.६६ प्रतिशत अर्थात ८ लाख ३९ हजार ९५१ कित्ता, तारा कुमार भट्टचनको ०.६५ प्रतिशत अर्थात ८ लाख ३१ हजार २१९ कित्ता, विनोद थकालीको ०.५६ प्रतिशत अर्थात ७ लाख ७ हजार ९५१ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार मनोज राठीको ०.५४ प्रतिशत अर्थात ६ लाख ९२ हजार ४ कित्ता, शिक्षा भट्टचनको ०.५४ प्रतिशत अर्थात ६ लाख ८८ हजार ९२६ कित्ता, सची भट्टचनको ०.५३ प्रतिशत अर्थात ६ लाख ७३ हजार ५४१ कित्ता र साम्बा लामाको ०.५० प्रतिशत अर्थात ६ लाख ३५ हजार ३२६ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु