एनसीसी र कुमारी बैंकका ६० कार्यालय गाभिने



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ६० वटा शाखा कार्यालयहरु गाभिने भएका छन् ।

मर्जर प्रक्रियामा रहेका यी बैंकहरुले एकीकृत कारोबारको मिति तय गरिसकेकाछन् । बैंकहरुले पुस १७ गते एकीकृत कारोबार गर्ने भएका हुन् ।

सोही कबमोजिम दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार हुने बैंकहरुले जनाएका छन् ।

बैंकहरुले बिहीबार जारी गरेको सूचनाअनुसार दुवै बैंकका ६० वटा शाखा कार्यालय गाभिने छन् । जसमा कुमारी बैंकका ३० वटा शाखा कार्यालय र एनसीसी बैंकका ३० वटा गरी कुल ६० वटा शाखा गाभिएका हुन् ।


क्लिकमान्डु