विभिन्न ३२ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ ।

बैंकले बिहीबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न ३२ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो । ‘गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक/फर्म/कम्पनी/संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेस गर्न सक्ने छन् । अर्थात इच्छुक व्यक्ति तथा संस्थाहरुले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय गौर, रौतहटको लगतमा दर्ता रहेको, गरुडा, रौतहटको लगतमा रहेको विभिन्न ३ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, सोही जिल्लाको मालपोत कार्यालय चन्द्रनिगापुर, रौतहटको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय मौलापुर र रौतहटको लगतमा दर्ता कायम भएको जग्गासमेत बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकको नाममा रहेको मालपोत कार्यालय जाजरकोटको लगतमा दर्ता भएको, मालपोत कार्यालय पर्साको लगतमा दर्ता भएको, मालपोत कार्यालय, दोलखामा दर्ता कायम भएको जग्गा बिक्रीमा ल्याएको हो ।

बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय लगनखेल, ललितपुरमा रहेको २ ठाउँमा जग्गा विक्री गर्ने भएको छ ।
बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय विराटनगर, मोरङको लगतमा दर्ता कायम भएको विभिन्न ५ ठाउँका जग्गा विक्री गर्नेछ ।

मालपोत कार्यालय बर्दियामा रहेको विभिन्न दुई ठाउँको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।

यस्तै, बैंकको नाममा रहेको मालपोत कार्यालय, पर्साको लगतमा दर्ता भएको, मालपोत कार्यालय परासी, नवलपरासी(वर्दघाट सुस्ता पश्चिम) को लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय नेपागञ्ज, बाँकेको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा कायम भएको, दर्ता कायम भएको घरजग्गा विक्री हुनेछन् ।

यस्तै, मालपोत कार्यालय गमगढी मौलापुर, मालपोत कार्यालय पर्साको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय नेपालगञ्ज, बाँकेको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय धनगढी, कैलालीको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलैया, बाराको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलैया, बाराको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलैया र बाराको लगतमा दर्ता कायम भएको जग्गा विक्रीमा ल्याएको बैंकले जनाएको छ ।

बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्दि«य कार्यालय कर्जा असुली विभाग, साधनाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्नेछ । उक्त फारामा एक हजार रुपैयाँ तिरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु