गौतम अडानीले बताए सफलताको कथा, भने- दैनिक काममा हस्तक्षेप गर्दिन



काठमाडौं । विश्वका सबैभन्दा धनी मध्ये तेस्रो स्थानमा भारतीय उद्योगपति गौतम अडानी रहेका छन् । १ खर्ब २५ अर्ब अमेरिकी डलरका मालिक अडानी उक्त परिवारका पहिलो पिढीका कारोबारी हुन् ।

उनी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । भारतीय सञ्चारमाध्यम इण्डिया टुडे म्यागजिनले अडानीलाई न्यूजमेकर अफ दि इयर २०२२ चुनेको छ । आखिर अडानीले यतिधेरै सफलता कसरी हासिल गरे भन्ने चासो रहने गरेको छ ।

आफ्नो सफलताको पछाडि दैनिक काम कारबाहीको भन्दा पनि आगामी दिनको योजना र नयाँ उद्योगलाई अगाडि बढाउनका लागि आफूले दिने गरेको ध्यान रहेको बताएका छन् ।

अडानीले दैनिक काम कारबाहीमा हस्तक्षेप नगर्ने गरेको बताए । आफ्नो सफलताका बारेमा बोल्दै उनले सबै उद्योग सक्षम सीईओले चलाउने गरेकाले दैनिक काम कारबाहीमा कुनै दख्खल दिन आवश्यक नभएको बताए ।

‘मेरो काम मात्र अगाडिको बाटो देखाउने हो । कामहरुको समिक्षा गर्ने हो । यस तरिकाले नै यति ठूलो र विस्तृत बिजनेश सम्हाल्नेका साथ साथ नयाँ उद्योगलाई अगाडि बढाउनका लागि ध्यान दिन पाउँछु ।’

२०२२ सानदार
सन् २०२२ मा जहाँ विश्वभरका अर्बपतिहरुको सम्पत्तिमा भारी उलटपेर देखिएको छ र धेरैजसोको नेटवर्थमा कमी आयो । यस्तो समयमा भारतीय उद्योगपति अडानी एकमात्र यस्ता उद्योगपति रहे जसले गिरावट र मन्दीको समयमा पनि जोडदार कमाइ गरे । जसका कारण उनले यस वर्ष विश्वका सबैभन्दा दोस्रो धनी बने । तर फेरि उनी केही तल झर्दै तेस्रो स्थानमा रहेका छन् ।

१२५ अर्ब डलरभन्दा धेरैको नेटवर्थ

फोर्ब्सको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार अडानी ग्रुपका प्रमुख अडानीको नेटवर्थ १२५.८ अर्ब डलर रहेको छ । यति सम्पत्तिका साथ उनी विश्वका १० अर्बपतिको लिस्टमा तेस्रो स्थानमा छन् । साल २०२२ बाट अहिलेसम्म उनको सम्पत्ति ३३.८० अर्ब डलर बढेको छ ।

ग्रुपको ७ कम्पनी शेयर बजारमा

अडानी ग्रुपको कारोबार उर्जा, लजिस्टिक, माइनिङ, ग्यास, डिफेन्स र एयरस्पेस तथा एयरपोर्ट जस्ता विविध क्षेत्रसम्म फेलिएको छ । अडानी समूहको सेयर बजारमा लिस्टेड कम्पनीमा सामिल छ अडानी इन्टरप्राइजेज, अडानी ग्रीन एनर्जी, अडानी पोर्टस एण्ड स्पेशल इकोनोमिक जोन, अडानी पावर, अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास लिमिटेड र अडानी विल्मर ।


क्लिकमान्डु