अर्थमन्त्री पौडेलसँग बैंकर्स संघको भेट, आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।

बुधबार संघले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरेको हो ।

भेटमा संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्ण रुपमा सहयोग र समन्वय गर्न तयार रहेको बताए ।


क्लिकमान्डु