‘एनआईबिएल ग्रोथ फण्ड’ प्रति लगानीकर्ताहरुको बढ्दो आकर्षण, ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन



काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड” यहि मिति २०७९ पौष ७ गतेबाट सार्वजनिक निष्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पुस २१ गतेसम्म रहनेछ ।

यस अघि निष्काशित अन्य सामूहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गइरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कूल १६ करोड इकाई मध्ये ५० प्रतिशतभन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भइसकेको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजारदेखि अधिकतम १६ करोड रुपैयाँ सम्म लगानी गर्न सक्नेछन् ।

लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगइन गरी अनलाइन आवेदन दिन सक्नेछन् । योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लिको वेव साइट तथा नेपाल धितोपत्र बोर्डको वेव साइटमा समेत राखिएको छ ।

यस योजनाको समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठूलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशनसमेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपणसमेत गरेको छ ।


क्लिकमान्डु