कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार पुस १७ गतेदेखि हुने, दुई दिन सबै सेवा बन्द



काठमाडौं । मर्जरपछि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने भएको छ ।

१७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको १५ र १६ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् । दुवै बैंक मर्ज भएपछि कुमारी बैंकको नामबाट कारोबार हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल हुनेछन् भने बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् । मर्जर पश्चात बैंकको रजिष्टर्ड केन्द्रीय कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको स्थान काठमाडौं महानगरपालिका-२ टंगालमा रहनेछ ।


क्लिकमान्डु