कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी



काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी नियुक्त भएका छन् ।

अर्को व्यवस्था नहुञ्जेलसम्म बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक सुवेदी नियुक्त भएका हुन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।


क्लिकमान्डु