दुई लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएपछि सेयर कारोबार रोक्का भएको हो ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका–३ मा रहेको नेरुडे र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ मा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सोमबार सम्झौता भएको हो ।

उक्त सम्झौतासँगै सेयर कारोबार रोक्का भएको हो ।


क्लिकमान्डु