सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सीयल सर्भिसेज बीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिनमा रकम जम्मा गर्न सकिनेछ ।

सानिमा बैंकको रेमिट्यान्स मार्फत यूएई, मलेशिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ ।

सातै प्रदेशमा सानिमा बैंकको १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु