मेगा बैंकले सीईओलाई दियो करिब ३ करोड तलब भत्ता




काठमाडौं । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलब, भत्ता दिएको छ ।

बैंकले तलब बापत १ करोड ४९ हजार ७६६ रुपैयाँ, भत्ता बापत १९ लाख ४२ हजार ८९३ रुपैयाँ, सञ्चय कोष बापत २ लाख ३७ हजार २३४ रुपैयाँ, बोनस बापत ४० लाख ४३ हजार ६९८ रुपैयाँ र इन्भन बापत ३ लाख ७५ हजार ३७५ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकको निवर्तमान सीईओ अनुपमा खुञ्जेली को ४ वर्षको कार्यकाल सकेर बैशाख १ गते बैंक छोडेकी हुन् । बैशाख २ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै बैंकले सञ्चालकलाई बैठक भत्ता वापत ५० लाख ५ हजार ६०५ रुपैयाँ भत्ता दिएको छ भने मोबाईल तथा पत्रपत्रिका बापत १० लाख ५८ हजार ४०० रुपैयाँ भत्ता दिएको जनाएको छ ।

बैंकले सेयर धनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७‍.८३ प्रतिशत लाभाश दिने भएको छ । जसमा बोनस ४ र नगद ३.८३ प्रतिशत लाभांश रहेको छ ।


क्लिकमान्डु