इन्भेष्टमेन्ट बैंकका सीईओको तलब, भत्ता ३ करोड ६ लाख बढी, सञ्चालकले कति लिए भत्ता ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम सीईओलाई दिएको हो । बैंकले तलब बापत १ करोड ६० लाख ७६ हजार, भत्ता १ करोड ७ लाख १७ हजार, दशैं भत्ता २२ लाख ३३ हजार, सञ्चका कोषका लागि १६ लाख ८ हजार रुपैयाँ खर्च गर्ने गरेको छ ।

बैंकले सीईओलाई पानी, बिजुली र टेलिफोनको महशुल बिल अनुसार भुक्तानी गर्ने जनाएको छ । सीईओलाई बैंकले सवारी चालक, इन्धन तथा मर्मत सहित सवारी साधान दिएको छ । बैंकले सीईओका लागि तीन जना सुरक्षा गार्डको समेत व्यवस्था गरेको छ ।

बैंकले संचालक समितिका अध्यक्षलाई बैठक भत्ता प्रतिबैठक १५ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ । गत आर्थिक वर्षको कुल बैठक भत्ता २ लाख ८५ हजार, मासिक ५० लिटर ईन्धन दिएको छ ।

यस्तै संचालक समितिका अन्य सदस्यलाई बैठक भत्ता बापत प्रतिबैठक १२ हजार रुपैयाँ दिने गरेको छ । गत आर्थिक वर्षका कुल बैठक भत्ता २४ लाख ७६ हजार रुपैयाँ र मासिक प्रति संचालक ५० लिटर ईन्धन दिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु