राष्ट्र बैंकले धेरै पेल्यो, बैंकहरुको भविष्य राम्रो छैनः पृथ्वीबहादुर पाँडे



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुलाई मात्रै पेलेका कारण बैंकमा लगानी गर्ने लगानीकर्ताको भविष्य राम्रो नभएको बताएका छन् ।

बैंकको ३६औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंक कडारुपमा प्रस्तुत भएको बताए ।

‘पछिल्लो समय राष्ट्र बैंकले पेलेको पेलै छ, अर्कोतिर उद्योगी व्यवसायीहरु पनि आन्दोलित छन्, यसले बैंकको भविष्यमाथि नै प्रश्न उठाएको छ, म त बैंकहरुको भविष्य राम्रो देख्दिन,’ पाँडेले भने ।

राष्ट्र बैंकको कडाइका कारण बैंकहरुले लगानीकर्ताको सम्पत्तिमाथि दिने प्रतिफल लगातार घट्दै गएको बताउँदै यस्तो अवस्था आउनु चिन्ताको विषय भएको धारणा व्यक्त गरे ।

पाँडेले मेगा बैंकसँग मर्जरपछि बैंक बलियो बन्ने र उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिशन गर्न अध्ययन जारी राख्ने बताए ।


क्लिकमान्डु