५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न राधी विद्युत कम्पनीले बोलायो साधारणसभा



काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न राधी विद्युतले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । पुस २८ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव उक्त सभाले अनुमोदन गर्नेछ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रवितेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १२ गतेसम्म कायम नेप्सेमा कयम सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु