
काठमाडौं । अष्ट्रेलियाले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएको छ ।
प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले बधाई दिएको अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएका छन् ।








प्रतिक्रिया