अर्को वर्षदेखि फाइभजी सञ्चालनमा ल्याउने तयारीमा एनसेल



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले अर्को वर्षदेखि फाइभी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

मंगलबार ‘ट्रेन्ड सेपिङ टेलिकम्यूनिकेशन’ सम्बन्धि छलफल कार्यक्रममा कम्पनीका चिफ इन्फरमेशन अफिसर विशालमणी उपध्यायले आगामी वर्षदेखि फाइभजी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

उनकाअनुसार एनसेलले फाइभजी सञ्चालनका लागि यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई स्पेक्ट्रम स्वीकृतको लागि आवेदन दिएको थियो । तर, मन्त्रालयले स्वीकृत दिएन ।

‘एनसेल कम्पनीले फाइभजी सञ्चालन गर्नका लागि प्रविधि र पूर्वाधार पूर्णरुपमा तयार गरीसकेको छ,’ उनले भने, ‘सरकारले स्वीकृत दिने वित्तिकै फाइभजी सञ्चालनका लागि ट्रायल गर्छौं ।’

हाल नेपाल टेलिकमले फाइभजी सञ्चालनका लागि स्पेक्ट्रमको स्वीकृत पाइसकेको छ । तर, एनसेलले पनि स्पेक्ट्रमको लागि आवेदन दिएकोमा स्वीकृत नपाएकाले फाइभजीको कार्य अगाडि बढ्न सकेको छैन ।

कम्पनीले स्वीकृत पाएको अवस्थामा प्रशिक्षणको रुपमा अगाडि बढाइ लैजाने तयारी भइरहेको उनको भनाइ छ ।
त्यस्तै, कम्पनीअनुसार फाइभजी व्यक्तिगत ग्राहकभन्दा व्यापार कार्यक्षेत्रलाई लक्षित गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले उल्लेख गरे ।

उपध्यायले व्यक्तिगतभन्दा व्यापार क्षेत्रका लागि बढी महत्पपूर्ण रहेको जिकिर गरे । साथै, फाइभ जी सञ्चालन गर्न नीतिगत तहबाट सहकार्य आवश्यक रहेको जनाएको छ ।


क्लिकमान्डु