ठेक्का अन्त्य गरि कारबाही गर्न मध्यपहाडी राजमार्गको सूचना



काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना अन्तर्गत पतिहाल्नेदेखि रुकुमकोट सडक खण्डको ठेक्का अन्त्य गरिएको छ ।

मध्यपहाडी राजमार्गको दैलेखस्थित आयोजनाको कार्यालयले सूचना जारी गर्दै उक्त सडकखण्ड निर्माणको जिम्मा पाएको ‘भरत–महादेव खिम्ती– सिद्धी साइ जेभी’ सँग ठेक्का अन्त्य गरेको जानकारी दिएको छ ।

भरत–महादेव खिम्ती– सिद्धी साइ जेभीले सम्झौता गरे बमोजिम कामको प्रगति नगरेको र लामो समयदेखि निर्माण कार्य अधुरो छोडेको भन्दै कार्यालयले ठेक्का अन्त्य गरिएको जानकारी दिएको छ ।

निर्माण कम्पनीले म्याद थप हुँदा गरिएको प्रतिबद्धताअनुसार काम नभएको, पटक पटक मौखिक, लिखित र सार्वजनिक सूचना पकाशित गरि ताकेता गर्दा समेत काम गरि निर्माण स्थललाई अलपत्र पारेको सूचनामा जनाइएको छ ।

कार्यालयले ठेक्का सम्झौतालाई अन्त्य गरि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने समेत जानकारी दिएको छ ।


क्लिकमान्डु