अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने

105
Shares

काठमाडौं । सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ ।

आइतबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले पेट्रोल र डिजेलको आपूर्ति श्रृंखलामा देखिएको समस्यालाई मध्येनजर गर्दै शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोहीअनुसार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो ।

यसअघि, आइतबारदेखि बिहीबारसम्म सातामा पाँच कारोबार दिन बजार खुल्ने गर्दथ्यो । अबबाट आइतबार बजार बन्द हुने र त्यसको सट्टामा शुक्रबार खुल्ने भएको हो । यसअनुसार अब पनि सातामा पाँचै दिन सेयर बजार खुला रहनेछ ।

‘आइतबार बसको नेप्सेको सञ्चालक समिति बैठकले आइतबारको सट्टा शुक्रबार बजार खुलाउने निर्णय गरेको छ,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने । उनले कारोबार समयमा भने कुनै परिवर्तन नभएको जानकारी दिए ।