सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बजारमा सुनको माग उच्च रहेको अवस्थामै सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । तर, शुक्रबार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु