
एजेन्सी । विश्वको जनसंख्याको २० प्रतिशत र केही संघर्षरत अर्थतन्त्रहरू रहेका दक्षिण एसियाली देशहरूले इरानमाथिको अमेरिकी–इजरायली युद्धका कारण सिर्जित ऊर्जा संकट सामना गर्न विभिन्न उपायहरू सार्वजनिक गरेका छन् । यस युद्धले आपूर्तिमा कमी र मूल्यवृद्धि गराएको छ ।
हालसम्म लागू गरिएका केही उपायहरू यसप्रकार छन्ः
भारत
सरकारले पेट्रोल र डिजेलमा लाग्ने अन्तःशुल्कमा कटौती गरेको छ ।
हवाई इन्धन र डिजेल निर्यातमा विन्डफल ट्याक्स लागू गरिएको छ ।
कम प्राथमिकताका क्षेत्रहरूबाट ग्यास आपूर्ति मोडेर मुख्य प्रयोगकर्ताहरूलाई दिने आपतकालीन उपायहरू अवलम्बन गरिएको छ ।
तेल प्रशोधन केन्द्रहरूलाई खाना पकाउने ग्यास (एलएनजी) को उत्पादन बढाउन निर्देशन दिइएको छ ।
पाकिस्तान
सरकारी विभागहरूको इन्धन भत्तामा दुई महिनाका लागि ५० प्रतिशत कटौती गरिएको छ ।
सरकारी कार्यालयहरूको कार्यहप्ता घटाएर चार दिन बनाइएको छ ।
सबै कार्यालयहरू ५० प्रतिशत कर्मचारीको भौतिक उपस्थितिका साथ सञ्चालन हुने भएको छ ।
फ्रेन्चाइजमा आधारित ट्वेन्टी–२० क्रिकेट लिग पाकिस्तान सुपर लिग दर्शकबिना बन्द रंगशालामा खेलाइने भएको छ ।
बंगलादेश
कार्यालय र बैंकहरू सात घण्टा मात्र सञ्चालन हुने भएका छन् । सपिङ मलहरू बेलुका ७ बजेसम्ममा बन्द गर्नुपर्ने निर्देशन छ ।
अत्यधिक बत्तीको प्रयोग रोक्दै कार्यालयहरूमा विद्युत् खपत घटाउने काम भएको छ ।
उत्सव वा कार्यक्रमहरूमा सजावटका लागि प्रयोग गरिने बत्तीमा प्रतिबन्ध लगाइएको छ ।
सरकारी कार्यालयहरूमा इन्धन र ऊर्जाको प्रयोगमा कटौती र अनावश्यक यात्रामा प्रतिबन्ध लगाइएको छ ।
नेपाल
विद्यालय र सरकारी कार्यालयहरूमा साताको एक दिन दिइँदै आएको सार्वजनिक बिदा बढाएर दुई दिन बनाइएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सरकारले कानूनी व्यवस्था गर्ने भएको छ ।
आपूर्तिमा हुने अवरोध टार्न हवाई इन्धनको मूल्य दोब्बरभन्दा बढी गरिएको छ ।
पेट्रोल र डिजेलको मूल्य बढाइएको छ ।
खाना पकाउने ग्यासमा कोटा प्रणाली लागू गरिएको छ ।
श्रीलंका
इन्धनको खपत कम गर्न बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।
रेल र बस सेवाहरूमा कटौती गरिएको छ ।
घरपरिवार र उद्योगहरूका लागि विद्युत् महसुल बढाइएको छ ।
मालदिभ्स
भारतसँग इन्धन आपूर्तिका लागि सहयोग मागिरहेको छ ।
आपूर्ति कायम राख्न इन्धनको मूल्य बढाइएको छ ।








प्रतिक्रिया