विराट एक्स्पोमा ‘सींगीङ आइडल’ का लागि अडिसन सुरू



विराटनगर । मंसिर २९ गतेदेखि विराटनगरमा हुने विराट एक्स्पोको ‘सींगीङ आइडल’ प्रतियोगिताका लागि ‘अडिसन’ सुरू भएको छ । ‘सींगीङ आइडल’ प्रतियोगिताका लागि बिहीबारदेखि अडिसन सुरू भएको हो ।

‘सींगीङ आइडल’ प्रतियोगिताका लागि सहभागिहरू छनोटकार्य आयोजक संस्था उद्योग संगठन मोरङको हलमा थालिएको छ । एक सय ५० प्रतिस्पर्धीबाट ३० जना प्रतियोगिताका लागि छनोट गरिने ‘इभेन्ट कोअर्डिनेटर’ करण देवले बताए । ३० जना मध्येबाट ग्राण्ड फिनालेमा ५ जना जाने देवले जानकारी दिए ।

उनले अडिसनबाट छानिएका प्रतियोगिमध्ये प्रथम द्वितीय र तृतीय हुनेलाई नगद रकमसहित पुरस्कृता गरिने बताए । प्रदेश १ मा लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गर्न उपयुक्त ‘प्लेटफर्म’ उपलब्ध गराउने, गायन क्षेत्रका प्रतिभाको खोजी गरी त्यस्ता प्रतिभालाई राष्ट्रियस्तरमा परिचित गाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था उद्योग संगठन मोरङले जनाएको छ ।

‘आइडलको ग्राण्ड फिनाले’ एक्स्पोको अन्तिम दिन हुनेछ । निर्णायकको भूमिका निर्वाहका लागि गायिका इन्दिरा जोशी विराटनगर आउने जनाइएको छ ।

एक्स्पो हुने स्थल विराटनगर १४ स्थित स्नातकोत्तर क्कयाम्पसको खेलमैदानमा संगीतिक कार्यक्रम अपरान्ह ४ बजेपछिको समयमा सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष तथा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए ।

सोही क्रममा सींगीङ आइडल पनि हुने व्यवस्था मिलाइएको छ । सांगीतिक कार्यक्रमको समयअघि उपभोक्ताहरूले एक्स्पोमा राखिएका घरेलु तथा औद्योगिक स्टलहरूको अवलोकन तथा त्यहाँ राखिएकका सामानहरू खरिद गर्न कसक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । एक्स्पोमा कृषि तथा औद्योगिक सामग्रीहरूका स्टलहरू राखिएको आयोजकले यसअघि नै जनाएको छ ।


क्लिकमान्डु