राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको क्षेत्रगत योगदानः बागमतीको सबैभन्दा धेरै, कर्णाली सबैभन्दा कम



काठमाडौं । देशको कुल ग्राहस्थ उत्पादनमा आव २०७८/०७९ मा देशका सात प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा धेरै योगदान पुर्याएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको एक रिपोर्टकाअनुसार सबैभन्दा धेरै बागमती प्रदेशले ३६.९ प्रतिशत योगदान गरेको पाइएको छ ।

आव २०७८/०७९ मा बागमती प्रदेशले देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रमा १७.१ प्रतिशत, उद्योग क्षेत्रमा ३१.६ प्रतिश र सेवा क्षेत्रमा ४५.९ प्रतिशत योगदान गर्ने गरेका छन् ।

त्यस्तै, आव २०७८/०७९ मा राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम कर्णाली प्रदेशको योगदान रहेको छ । कर्णाली प्रदेशले देशको कुल गार्हस्थ्य उत्पादनमा ४.१ प्रतिशत योगदान गरेको छ । कर्णाली प्रदेशबाट राष्ट्रिय अर्थतन्त्रको कृषि क्षेत्रमा ५.४ प्रतिशत, उद्योग क्षेत्रमा ३.२ प्रतिशत र सेवा क्षेत्रमा ३.८ प्रतिशत योगदान रहेको छ ।

त्यस्तै, प्रदेश १ ले राष्ट्रिय अर्थतन्त्रमा १५.७ प्रतिशत योगदान पुर्याएको छ । जसमध्ये कृषि क्षेत्रमा २१.८ प्रतिशत, उद्योग क्षेत्रमा १९.६ प्रतिशत र सेवा क्षेत्रमा १२.५ प्रतिशत योगदान गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा १३.३ प्रतिशत योगदान गरेको मधेश प्रदेशले राष्ट्रिय अर्थतन्त्रको कृषि क्षेत्रमा १९ प्रतिशत, उद्योग क्षेत्रमा ११.२ प्रतिशत र सेवा क्षेत्रमा ११.५ प्रतिशत योगदान पुर्याएको छ ।

गण्डकी प्रदेशले देशको कुल गार्हस्थ्य उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याएको छ । जसमा कृषि क्षेत्रमा ९.३ प्रतिशत, उद्योग क्षेत्रमा ११.५ प्रतिशत र सेवा क्षेत्रमा ८ प्रतिशत योगदान रहेको छ ।

लुम्बिनी र सुदुर पश्चिम प्रदेशले देशको कुल गार्हस्थ्य उत्पादनमा क्रमशः १४.१ प्रतिशत र ७ प्रतिशत योगदान पुर्याएका छन् ।

जसमध्ये लुम्बिनी प्रदेशबाट कृषि क्षेत्रमा १७.३ प्रतिशत, उद्योग क्षेत्रमा १५.८ प्रतिशत र सेवा क्षेत्रमा १२.५ प्रतिशत योगदान रहेको छ भने सुदुर पश्चिम प्रदेशले कृषि क्षेत्रमा ९.८ प्रतिशत, उद्योग क्षेत्रमा ७.१ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशत योगदान गरेको छ।


क्लिकमान्डु