९३ लाख समानुपातिक मत गन्दा घण्टी र माओवादीबीच १ हजारको अन्तर, जनमत र एस राष्ट्रिय पार्टी बन्न संघर्षरत



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको मतगणना अन्तिमचरणमा पुग्दा समानुपातिक तर्फको गणना भने जारी रहेको छ ।

निर्वाचन आयोगले आज विहान ११ बजेसम्म गरेको समानुपातिक मतगणनाको अध्यावधिक विवरण अनुसार ९३ लाख ५ हजार ७६६ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत पाउँदा माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत रहेको छ ।

राप्रपाले ५ लाख ४५ हजार ६५६ मत पाउँदा जनता समाजवादी पार्टीले ३ लाख २६ हजार २७२ मत पाएको छ ।

जनमत पार्टीले २ लाख ६२ हजार ८२६ मत पाउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ५२ हजार ०२७ नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९१८ मत पाएको छ ।


क्लिकमान्डु