समानुपातिकमा रोचक प्रतिस्पर्धा: माओवादीलाई उछिन्दै घण्टी तेस्रो, नेकपा एसलाई जनमत पार्टीले पछि पार्‍यो



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहेको छ ।

९० लाख ९० हजार ५२७ मत गणना हुँदा नेकपा एमालेले २४ लाख ७७ हजार ३२५ मतसहित अग्रता बनाइरहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ५५ हजार २३० मत पाउँदा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ ।

सुरुमा रास्वपाले अग्रता कायम गरे पनि शनिबारबाट माओवादी केन्द्रले अग्रता बनाएको थियो तर आज पुन रास्वपा तेस्रो स्थानमा उक्लिएको छ । उसले १० लाख ४८ हजार ५१९ मत पाउँदा माओवादी केन्द्रले १० लाख ३६ हजार ९९० मत पाएको छ ।
पाँचौं स्थानमा राप्रपा रहेको छ उसले ५ लाख ३७ हजार ६०४ मत पाएको छ ।

छैठौं स्थानमा जसपा ३ लाख ९ हजार ५७१ मतसहित रहँदा जनमत पार्टी सातौं स्थानमा रहेको छ । यसअघि एकीकृत समाजवादी भन्दा पछि रहेको जनमतले अहिले करिब २ हजार मतले एकीकृत समाजवादीलाई पछि पारेको छ ।

जनमत पार्टीले २ लाख ४३ हजार ४८३ मत पाएको छ । भने एकीकृत समाजवादीले २ लाख ४१ हजार ७६३ मत पाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७६८ मत पाएको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि जनमत, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी संघर्षरत रहेका छन् । निर्वाचन आयोगका अनुसार आइतबार राति ९ बजेसम्म ९० लाख ९० हजार ५२७ मत गणना भएको छ ।

अब १० लाखभन्दा कम मत गणना गर्न बाँकी छ । राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशत मत पाउनु पर्ने व्यवस्था छ ।


क्लिकमान्डु