बीमा अभिकर्ता कमिशनमा ३ अर्ब ३९ करोड खर्च, नेपाल लाइफसहित १७ कम्पनीको घट्यो



काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अवधिमा बीमा अभिकर्ता कमिसनमा ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १५.२४ प्रतिशतले थोरै हो ।

गत आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुबाट अभिकर्ताहरुले ४ अर्ब ४ लाख रुपैयाँ कमिशन बुझेका थिए ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १९ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ बाहेकका अन्य सबैको अभिकर्ता कमिसन खर्च घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा नेशनल लाइफको अभिकर्ता कमिसन खर्च १०.२१ प्रतिशतले बढेर ४१ करोड ८५ लाख रुपैयाँ पुगेको हो । गत आवको पहिलो त्रैमासको अवधिमा इन्स्योरेन्सले अभिकर्ता कमिसन खर्च शिर्षकमा ३७ करोड ९७ लाख रुपैयाँ खर्च गरेको थियो।

यस्तै, राष्ट्रिय बीमा संस्थानको अभिकर्ता कमिसन खर्च ३८.०२ प्रतिशतले बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा संस्थानले यस शिर्षकमा ४ करोड ८४ लाख रुपैयाँ खर्च गरेको थियो ।

नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी), यूनियन लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, सिटिजन लाइफ, ज्योति लाइफ, रिलाबयल नेपाल लाइफ, रिलायन्स लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफको अभिकर्ता कमिसन खर्च घटेको हो ।

नेपाल लाइफको अभिकर्ता कमिसन १६.५२ प्रतिशतले, एलआइसी नेपालको २८.८८ प्रतिशतले, यूनियन लाइफको ३०.५३ प्रतिशत, एशियन लाइफको १२.०५ प्रतिशत, सूर्या लाइफको १२.८९८ प्रतिशत, प्राइम लाइफको २१.०८ प्रतिशत, गुराँस लाइफको ३१.७७ प्रतिशत, सिटिजन लाइफको ७.९४ प्रतिशत, ज्योति लाइफको १३.९४ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.७५ प्रतिशत, रिलायन्स लाइफको २७.२५ प्रतिशत, आइएमई लाइफको १९.७६ प्रतिशत, सन नेपाल लाइफको ५.६७ प्रतिशत, सानिमा लाइफको २९.२८ प्रतिशत, प्रभु लाइफको २१.४५ प्रतिशत र महालक्ष्मी लाइफको २.३३ प्रतिशतले घटेको हो ।

यस अवधिमा अभिकर्ता कमिसनवापत सबैभन्दा बढी कमिसन नेपाल लाइफ इन्स्योरेन्सले ८३ करोड १५ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६.५२ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा नेपाल लाइफमा आवद्ध भएका अभिकर्ताले कमिसन वापत ९९ करोड ६१ लाख ४ हजार रुपैयाँ बुझेका थिए ।

नेशनल लाइफका अभिकर्ताले ४१ करोड ८५ लाख रुपैयाँ बुझेका छन् । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिसन खर्च शिर्षकमा ३७ करोड ९७ लाख रुपैयाँ खर्च गरेको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले अभिकर्ताका लागि ३५ करोड ६६ लाख रुपैयाँ कमिसन दिएको छ । गत आवको सोही अवधिको तुलनामा २८.८८ प्रतिशतले कम हो ।

गत आवको यसै अवधिमा कम्पनीले अभिकर्ताका लागि ५० करोड १४लाख रुपैयाँ कमिसन दिएको थियो ।

बीमा कम्पनी र बीमितका बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति अभिकर्ता हुन् ।

बीमा ऐन २०४९ का अनुसार बीमा समितिबाट इजाजत पत्र पाएका व्यक्ति अभिकर्ता हुन् ।

बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिसनको आधारमा बीमा कम्पनीको तर्फबाट काम गर्छन् ।

अभिकर्ताले पाउने कमिशनको व्यवस्था बीमा नियमावली, २०४९ मा व्यवस्था गरिएको छ । बीमा जीवन बीमामा पहिलो, दोस्रो र तेस्रो वर्षको प्रिमियको २५ प्रतिशत, दोस्रो र तेस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ।

तर, बीमा योजना र बीमा अवधिका आधारमा बीमा अभिकर्ताले पाउने कमिसन प्रतिशत फरक फरक हुने व्यवस्था छ ।


क्लिकमान्डु