हाम्रो पार्टीलाई अब कुनै दलले पनि उपेक्षा गरेर अघि बढ्न सक्दैनन्ः सभापति रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफ्नो पार्टीलाई उपेक्षा गरेर कोही पनि अघि बढ्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नु अघि सर्वदलीय बैठकपछि छोटो प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले यो निर्वाचनमा आफ्नो पार्टीलाई उपेक्षा गरेर कुनै पनि दल अघि बढ्न नसक्ने गरी नतिजा ल्याउने दाबी गरे । रवि नेतृत्व पार्टीका उम्मेदवारले अहिले जारी मतगणनामा अधिकांश स्थानमा मग्रता कायम गरिरहेका छन् ।


क्लिकमान्डु