कसैको डर, त्रास, प्रलोभनमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुः उपमेयर डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छिन । काठमाडौं क्षेत्र नम्बर ९ को वडा २१ मा मतदान गर्दै उनले यस्तो बताएकी हुन् ।

‘मैले मेरो संविधानको प्रयोग गरेर मतदान गरेँ,’ मतदानपछि प्रतिक्रिया दिदैँ उनले भनिन्, ‘अरुलाई पनि कुनै डर, त्रास, धाकधम्की र लोभमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुहुन आग्रह गर्दछु ।’

उनले अहिलेको निर्वाचनमा सरकार निर्माणका लागि पनि महत्वपूर्ण भएको र देशलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णय गर्ने भएकाले पनि सबैलाई मतदान गर्न आग्रह गरिन् । ‘त्यसकारण पनि यो निर्वाचन महत्वपूर्ण छ,’ उनले भने, ‘घरमा बसिरहनु भएको छ र मतदान गर्नुभएको छैन भने पनि मतदान गर्न आग्रह गर्दछु ।’


क्लिकमान्डु