चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु



काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ ।

आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले कर सहित मात्र रु ४८ मा २४ घन्टा अर्थात् १ दिन सम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास डायल गरि यो प्याक लिन सक्छन् ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् ।

डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्छन । त्यस्तै मात्र रु २९ मा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २६ ह्यास डायल गरि यो प्याक लिन सक्छन् ।

त्यस्तैगरी भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र रु २६५ मा सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइट मार्फत् पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र रु ९५ मा सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।


क्लिकमान्डु