आसुसको आधिकारीक शोरुम विराटनगरमा



विराटनगर । आसुस कम्पनीको आधिकारिक शोरुम सोमबार खुलेको छ । उक्त शोरुम विराटनगर–७ स्थित सेन्ट्रल मल अगाडि रहेको छ ।

नागमणि इन्टरनेशनलका डाइरेक्टर अमित सरफका अनुसार यो पाँचौं मल्टी ब्राण्डेड आउटलेट हो । काठमाडौं बाहिर पोखरा, बुटवलपछि विराटनगरमा शाखा खोलिएको छ । काठमाडौंमा भने पुतली सडक र कमलादीमा रहेको छ ।

एक वर्ष भित्र बिर्तामोड र इटहरीमासहित देशभर १५ वटा आधिकारिक बिक्रेताहरू खोलिसक्ने लक्ष्य रहेको उनले बताए । आसुसका सेल्स मेनेजर सुपर श्रेष्ठले विराटनगरको बजार ठूलो रहेको र ग्राहकले ‘जेनुन’ सामान किन्न पाउन र ढुक्क हुन् भन्ने उद्देश्यले शोरुम खोलिएको बताए ।

यो शो–रुममा किनेको सामानको दुई वर्षको वारेन्टी रहेको उनको भनाइ छ । शोरुममा आसुस कम्पनीका ल्यापटप, पेन्ड्राइपलगायतका विभिन्न डिभाइ हरू किन्न पाइने चन्द्रा इन्फोसफ्टका प्रोप्राराइटर चन्द्र शेखरले बताए । उनका अनुसार शो–रुममा २८ प्रकारका सामानहरू बिक्रीका लागि राखिएका छन् । ५० हजारदेखि चार लाखसम्मका ल्यापटप पनि राखिएको छ । ल्यापटप आई थ्री देखि आइटेन भर्सन सम्मका रहेका छन् ।

ल्यापटप किन्दा ब्याग, माउस लगायत सामान निुशल्क उपलव्ध हुने बताइएको छ । ताइवानमा निर्मित र चाीनमा फिटिङ भएको आसुस कम्पनीका जुनसुकै सामान पनि ब्रान्डेड रहेको उनीहरुको दाबी रहेको छ ।


क्लिकमान्डु