साउनमा थपिए ६४ हजार इन्टरनेट प्रयोगकर्ता, कुन कम्पनीमा कति ?



काठमाडौं । साउन महिनामा देशभर ६४ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्कअनुसार देशभर ६४ हजार १३३ जना इन्टरनेट प्रयोगकर्ता थपिएका हुन् ।

साउन महिनामा ६४ हजार थपिँदा सबैभन्दा बढी डिस मिडिया नेटवर्क (डिसहोम)ले इन्टरनेट प्रयोगकर्ता थपेका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा डिसहोमले साउनमा १२ हजार ६२७ जना इन्टरनेट प्रयोगकर्ता थपेका छन् । त्यसैगरी, वल्र्डलिंकले ११ हजार ६३६ जना, क्लासिक टेक प्रालिले ५ हजार ७६४ जना, नेपाल दूरसञ्चार कम्पनीले ५ हजार ६३६ जना, भायोनेट कम्यूनिकेशन प्रालिले ५ हजार १५३ जना र सुबिसु केबलनेट लिमिटेडले २८ सय ८५ जना र टेकमाइन्डस्नेटवर्क प्रालिले १७ सय २१ जना इन्टरनेट प्रयोगकर्ता थप गरेका छन् ।

देशभर अहिले ६० वटा इन्टरनेट सेवा प्रदायक संस्था छन् । बजारमा इन्टरनेट जडान गर्ने संस्थाहरुको उच्च प्रतिस्पर्धा छ । तर, उच्च प्रतिस्पर्धाका बीच करिब दर्जन इन्टरनेट सेवा प्रदायक संस्थाहरुले बजार कब्जा गरेको देखिन्छ ।

साउन मसान्तसम्ममा देशभर २२ लाख ९९ हजार ५४ जना इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमध्ये २१ हजार ९५६ वायरलेस, ९७ हजार ८४८ केबल र २१ लाख ७९ हजार २५० जना फाइबर इन्टरनेट प्रयोगकर्ता छन् । देशभर करिब २३ लाख प्रयोगकर्ता पुग्दा ६ लाख ७१ हजार ८३८ प्रयोगकर्ता वल्र्डलिंक कम्यूनिकेशन प्रालिको छ ।

त्यसैगरी, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको २ लाख ९७ हजार ९७९, भायोनेट कम्यूनिकेशन प्रालिको २ लाख ३५ हजार ८४१, सुबिसु केबलनेट लिमिटेडको २ लाख ३९ हजार १५९, डिस मिडिया नेटवर्क लिमिटेडको १ लाख ४४ हजार ८५३, क्लासिक टेक प्रालिको २ लख ३६ हजार २४० र टेक माइन्डस् नेटवर्क प्रालिको १ लाख ५ हजार ३५२ छन् ।

त्यसैगरी, वेब सर्फर नेपाल कम्यूनिकेशन सिस्टम प्रालिको ८० हजार ७४६, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेशन प्रालिको ५६ हजार १६२, एरोवेट प्रालिको १८ हजार ९१९, फाइबरवल्र्ड कम्यूनिकेशन प्रालिको २१ हजार ३५४, सिम्पल मिडिया नेटवर्क प्रालिको २९ हजार ५५, सीजी कम्यूनिकेशनको लिमिटेडको २२ हजार २९५, कोनेक्ट नेपाल नेटवर्क नेपालको १८ हजार ५७० र फस्र्ट लिंक कम्यूनिकेशन प्रालिको १६ हजार २५५ प्रयोगकर्ता छन् ।


क्लिकमान्डु