नेपाल टेलिकमको निर्वाचन अफरः ९८ रुपैयाँमा ६ जीबी डाटा



काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिनेछ । टेलिकमले २९४ रुपैयाँमा २० जीबी डाटा उपलब्ध गराएको छ ।
यसैगरी ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

एक दिनका लागि ४९ रुपैयाँमा अनलिमिटेड १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यो अफर कात्तिक २७ गतेदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिनेछ ।


क्लिकमान्डु