ललितपुर महानगरले हटायो चापागाउँ दोबाटो क्षेत्रमा अवैध संरचना



काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउने कामलाई तिव्रता दिएको छ । आइतबार ललितपुर महानगर प्रहरीले चापागाउँ दोबाटो क्षेत्रमा बनेका अवैध संरचना हटाएको छ ।

महानगरपालिकाले यसअघि ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउन आग्रह गरेको थियो ।

सूचना जारी गरिएको भए पनि यस्ता संरचनाहरु नहटाइएपछि नगरप्रहरीले अनुगमन गर्दै नहटाइएका संरचना निकालेको हो ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले अवैध संरचना हटाउने काम जारी रहने र नियमविरीत राखिएका होडिङ बोर्ड पनि हटाइने जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रमा अवैध संरचना हटाउन शुरु गरेसँगै ललितपुरसहित देशका विभिन्न स्थानीय तहहरुले यस्ता संरचना हटाउन थालेका छन् ।


क्लिकमान्डु