चार बस्तुको आयात रोकिँदा राजस्व संकलन प्रभावित: राजस्व सचिव दंगाल



काठमाडौं । राजस्व सचिव रामेश्वर दंगालले भन्सार बिन्दुबाट उठ्ने राजस्व ५० प्रतिशत बिन्दुमा रहेको बताएका छन् ।
उनले ४ वटा बस्तुको आयात रोकिँदा राजस्व संकलनमा प्रभाव परेको बताए ।

अहिले क्रस बोर्डर स्मगिलङ (चोरी पैठारी) बढेको, लत्ता कपडा, चिनीमा चोरी पैठारी बढेको उनले बताए । खुला सीमाका कारण लिकेज हुँदा राजस्वमा असर परेको उनको भनाइ छ ।

अघिल्लो आवमा सेयर कारोबारबाट १४ अर्ब पुँजिगत लाभकर उठेको र अहिले बजार घट्दा यो कम भएको उनले बताए । अहिले सेयर बजार, घर जग्गा कारोबारबाट हुने राजस्व संकलन पनि घटेको दंगालको भनाइ छ ।

राजस्व बढाउन केही काम गर्न सकिन्छ भनेर थप अध्ययन जारी रहेको बताउँदै उनले बजेट कार्यान्वयनका लागि निर्वाचनले प्रभाव परेको र नयाँ सरकार बनेपछि केहि सहज हुने बताए ।


क्लिकमान्डु