सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियुक्त



काठमाडौं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।

यस अगाडि श्रेष्ठ एनआइबिएल क्यापिटल मार्केट्स (२०१३-२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ २०१६-२०२०) र मेघा क्यापिटल मार्केट्स (२०२०-२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।


क्लिकमान्डु