एयर एसिया इण्डियामा शत प्रतिशत हिस्सा नजिक टाटा ग्रुप



एजेन्सी । टाटा ग्रुप न्यून शूल्कको एयरलाइन्स एयर एसिया इण्डियामा शत प्रतिशत हिस्साको नजिक पुगेको छ ।

एयर एसिया एभिएसन ग्रुप लिमिटेडले बुधबार टाटा ग्रुपसँग गरेको सेयर खरिद सम्झौतापछि यस्तो भएको हो । हाल एयर एसिया इण्डियामा टाटाको ८३.६७ प्रतिशत सेयर हिस्सा रहेको छ ।

‘क्यापिटिसन कमिसन अफ इण्डिया’ले जुनमा एयर एसिया इण्डियाको पूरै हिस्साको सेयर खरिद गर्नका लागि एयर इण्डियालाई प्रस्ताव दिएको थियो ।

डिसेम्बर २०२० मा एयर एसिया इण्डियामा आफ्नो हिस्सा बढाएको टाटा ग्रुप तत्पश्चात क्रमशः आफ्नो हिस्सालाई बृद्धि गर्दै लगेको छ ।

हाल बाँकी रहेको सेयर हिस्सा मलेसियन एयरलाइन्स ग्रुप ‘एयर एसिया’सँग रहेको छ । एयर एसिया इण्डिया ‘एयर एसिया’ ब्राण्डअन्तर्गत काम गरिरहेको एयरलाइन्स कम्पनी हो ।

टाटा ग्रुपसँग एयर इण्डियाको शतप्रतिशत सेयर हिस्सा छ । टाटा सन्सको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी टैलेस प्राइभेट लिमिडेटले १८ हजार करोड भारतीय रुपैयाँमा भारत सरकारसँग एयर इण्डिया र एयर इण्डिया एक्सप्रेसको अधिग्रहणको गरेको थियो ।

निरन्तर घाटामा गइरहेका यी दुई एयरलाइन्सलाई टाटाले आफ्नो स्वामित्वमा ल्याएसँगै फाइदामा लैजाने प्रयास गरिरहेको छ ।

टाटा सन्सले एयर इण्डिया किनपछि जनवरीमा व्यवस्थापनको नेतृत्व गरेको थियो । त्यसपछि टाटाले आफ्ना सबै एयरलाइन्सलाई एकसाथ ल्याउने प्रयास गरिरहेको छ ।

यसैबीच ‘एयर एसिया’को भारतीय संस्करणका रुपमा सञ्चालन भइरहेको ‘एयर एसिया इण्डिया’लाई पनि टाटाले आफ्नो स्वमित्वमा ल्याउन सक्ने देखिएको छ ।


क्लिकमान्डु