अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न सरकारको स्वीकृति



काठमाडौं । सरकारले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

प्राधिकरणले हवाई सम्झौता गर्न अनुमति माग गर्दैं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत मन्त्रीपरिषदमा प्रस्ताव पुर्याएको थियो ।

हवाई सम्झौता भएपछिमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान गर्न पाउनेछन् ।

नेपालले हालसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । तर, सबै देशमा नियमित उडान भने हुँदैन ।


क्लिकमान्डु