डीभी भर्ने समय ७ दिन बाँकी, अमेरिकी दूतावासले दियो यस्तो जानकारी



काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले सन् २०२४ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) को आवेदन दिने समय एक सातामात्र बाँकी रहेको जनाएको छ ।

बुधबार राजदूतावासले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने समय एक साता मात्र बाँकी रहेको जनाएको हो ।

आवेदन दिने अवधि नोभेम्बर ८, २०२२ (कार्तिक २२ गते) साँझबाट बन्द हुने भएकाले आवेदन दिन राजदूतावासले अपिल गरेको छ ।

‘तपाँईहरूसँग अझै dvprogram.state.gov मा गएर नि:शुल्क आवेदन दिने समय बाँकी छ’ सूचनामा भनिएको छ ।
यसपटक डीभी भरेकाले भने फेरि भर्न नमिल्ने र भरेको खण्डमा स्वत: अयोग्य ठहरिने राजदूतावासले जनाएको छ ।

‘याद राख्नुहोस्, एक जनाले एक पटकको डीभी कार्यक्रममा एक आवेदन मात्रै दिन मिल्छ र यदि तपाइँको आवेदन एक पटक भन्दा बढी प्रविष्ट गरिएको छ भने तपाँई स्वत: अयोग्य ठहरिनुहुनेछ’ दूतावासको सूचनामा भनिएको छ ।


क्लिकमान्डु