सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु