एमाले घोषणापत्र: दुई वर्षमा सबैको बैंक खाता, पाँच वर्षमा सबै वयस्क व्यक्तिलाई वित्तीय कारोबारमा जोडिने



काठमाडौं । नेकपा एमालेले आगामी दुई वर्षमा सबैको बैंक खाता हुने घोषणा गरेको छ ।

एमालेले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अगामी २ वर्षमा सबैको बैंक खाता हुने जनाएको हो ।

‘आगामी दुई वर्षमा सबैको बैंक खाता भएको हुनेछ’ एमालेको घोषणपत्रमा उल्लेख छ ।

यस्तै, पाँच वर्षमा सबै वयस्क व्यक्तिलाई कुनै न कुनै बैंक, सहकारी, लघुवित्त लगायतका वित्तीय कारोबारमा जोडिने घोषणापत्रमा उल्लेख छ ।

सबै साना कृषक तथा साना व्यवसायीलाई लघबीमा सेवा उपलब्ध हुने एमालेले जनाएको छ ।

यस्तै, उद्यमशीलतामा जोडिन चाहने नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराइने र सहकारी संस्थाका सदस्यहरु एक करोड र सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब रुपैयाँ पुर्याईने समेत घोषणापत्रमा उल्लेख छ ।


क्लिकमान्डु