ओलीले हातको पञ्जा ‘स्क्यान’ गरेर सार्वजनिक गरे घोषणापत्र



काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।

होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले प्रस्तुत गरेको भिडियोमा २० ‘ग्यारेन्टी’ पेस गरिएको थियो । भिडियोमा मुख्य दुई प्रश्न सोधिएको छ । पहिलो, सूर्य चिह्नमा मतदान किन गर्ने ? दोस्रो, सूर्य चिह्नबाहेक अन्यत्र किन मतदान नगर्ने ?


क्लिकमान्डु