न्युरोडमा एक जना मृत फेला



काठमाडौं ।काठमाडौंको न्युरोडमा एक जना मृत फेला परेका छन् । मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले मानिस मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ४५ वर्षका देखिने उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ । मृतकको निधारमा चोट देखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको मैनालीले बताए ।


क्लिकमान्डु