सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, मंगलबार १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु